रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज

Taja Bahas Taja Bahas
४ महिना अगाडि
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका १ सय १४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरेको छ ।

भारतको संघाई र सीएमजे विश्वविद्यालय, टेक्नो ग्लोबल विश्वविद्यालय र प्रज्ञान अन्तराष्ट्रिय विश्वविद्यालयबाट डिग्री हासिल गरेका विद्यार्थीहरूको समकक्षता खारेज भएको हो ।

रातोपाटीले यसअघि विदेशी विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको समकक्षतामाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेको थियो ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका १ सय १४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरिदिएको छ ।

भारतको संघाई र सीएमजे विश्वविद्यालय, टेक्नो ग्लोबल विश्वविद्यालय र प्रज्ञान अन्तराष्ट्रिय विश्वविद्यालयबाट डिग्री हासिल गरेर नेपालको समकक्षता लिएका १ सय १४ जना विद्यार्थीको समकक्षता खारेज भएको हो ।

यसअघि यो विषयमा रातोपाटीले विभिन्न विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको समकक्षतामाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेको थियो ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै यसअघि प्राप्त गरेको समकक्षता खारेज भएको जनाएको हो । विदेशी विश्वविद्यालयबाट शंकास्पद शैक्षिक प्रमाणपत्र ल्याएर नेपालमा ‘समकक्षता’ लिई सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा रहेका भारतको मणिपुरमा रहेको संघाई अन्तराष्ट्रिय विश्वविद्यालयबाट शैक्षिक उपाधि प्राप्त गरेका र मेघालयस्थित सीएमजे विश्वविद्यालयबाट उपाधि लिएकाहरूको प्रमाणपत्र खारेजी गरेको हो ।