विश्वकपको फाइनलमा ट्रम्पले ट्रफी हस्तान्तरण गर्ने विषयमा किन भइरहेको छ आलोचना ?

Taja Bahas Taja Bahas
५ महिना अगाडि
विश्वकपको फाइनलमा ट्रम्पले ट्रफी हस्तान्तरण गर्ने विषयमा किन भइरहेको छ आलोचना ?

खेलकुद विश्लेषकहरूले फिफाको यो कदमलाई संस्थाको राजनीतिक तटस्थताको नियम विपरीत र शक्तिको अगाडि घुँडा टेकेको रूपमा व्याख्या गरेका छन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकपको फाइनल खेलमा सहभागी भई विजेतालाई ट्रफी हस्तान्तरण गर्ने बताएका छन् ।

फिफा र ट्रम्पको निकटताले खेलकुदको राजनीतिक तटस्थतामाथि प्रश्न उठाउँदै विश्लेषक र पूर्वपदाधिकारीहरूले यसलाई आचारसंहिताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले सन् २०२६ को विश्वकप र ओलम्पिकलाई सफ्ट पावरका रूपमा प्रयोग गर्दै आफ्नो कूटनीतिक प्रभाव बढाउने रणनीति अघि सारेको छ ।

१४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकपको फाइनल खेलमा सहभागी हुने र ट्रफी हस्तान्तरणमा सरिक हुने  फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् ।

ट्रम्पले यस विश्वकपमा अहिलेसम्म कुनै पनि खेल हेरेका छैनन् । तर बीबीसीको रिपोर्ट अनुसार, न्युजर्सीको मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलअघि उनी मैदानमा उपस्थित हुन सक्ने सम्भावना छ ।

११ जुनमा सुरु भएको फिफा विश्वकप २०२६ अमेरिकासहित क्यानडा, मेक्सिकोमा आयोजना भइरहेको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोले सञ्चार माध्यम फक्ससँग कुरा गर्दै भने, ‘हामी राष्ट्रपतिसँगै फाइनल खेलको आनन्द लिनेछौँ र विजेतालाई ट्रफी हस्तान्तरण गर्नेछौँ ।’