सार्वजनिक व्यक्तिलाई प्रश्न अपराध? पोखरा घटनाले उठायो प्रश्न

Taja Bahas Taja Bahas
५ महिना अगाडि
सार्वजनिक व्यक्तिलाई प्रश्न अपराध? पोखरा घटनाले उठायो प्रश्न

पोखरा । पोखराको पृथ्वीचोकमा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन पुस्तक बिक्री अभियानमा सक्रिय रहेका बेला एक अन्जान व्यक्तिसँग सामान्य भनाभन भएको घटनाले अहिले सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा बहसको रूप लिएको छ। उक्त विवादपछि ती व्यक्तिलाई प्रहरी चौकीसम्म लगिएको खबर सार्वजनिक भएपछि प्रश्न उठेको छ , सार्वजनिक व्यक्तिलाई प्रश्न गर्दा नागरिक पक्राउ पर्नुपर्ने अवस्था आउनु कति जायज हो?

पोखरामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन पुस्तक बिक्री अभियानमा सहभागी भएका बेला भएको एक घटनाले अहिले सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक बहस जन्माएको छ।

पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बिहीबार पक्राउ पर्ने व्यक्ति कास्कीको

पोखरा महानगरपालिका

–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई वडा नं. ९ महेन्द्रपुल क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरीबहादुर बस्नेतका अनुसार गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ।

घटना पृथ्वीचोक क्षेत्रमा भएको हो, जहाँ महावीर पुन र उनको टोलीले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेका थिए। सोही क्रममा गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो र विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।