फिर्के खोला : राजनीतिक सिकारबाट फर्केला ?

Taja Bahas Taja Bahas
५ महिना अगाडि
फिर्के खोला : राजनीतिक सिकारबाट फर्केला ?

धनगढी, असार १४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाज रूपान्तरणका लागि युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ।

प्रदेश युवा परिषद्ले आज धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभएको हो। मुख्यमन्त्री शाहले सूचना प्रविधिसँग युवाहरूलाई जोड्न आवश्यक रहेको र सरकारले यसका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

सूचना तथा प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारले नवप्रवर्तनमा संलग्न प्रदेशका चार जना युवा वैज्ञानिकलाई सम्मान गरेको छ। सरकारले कैलालीको टीकापुरका अरुण लुहार, धनगढीका इन्द्र ओझा, गोदावरीकी बिन्दु पन्त र बाजुराको त्रिवेणी नगरपालिकाका प्रकाशबहादुर साउदलाई नगदसहित सम्मान गरेको हो। मुख्यमन्त्री शाहले उहाँहरूलाई पुरस्कारसहित कदरपत्र हस्तान्तरण गर्नुभयो।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्रबहादुर साउदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।