रास्वपा महाधिवेशन प्रतिनिधि ४ हजारभन्दा बढी, पदाधिकारी छान्न १,३४१ ले मात्र हाले भोट

Taja Bahas Taja Bahas
५ महिना अगाडि
रास्वपा महाधिवेशन प्रतिनिधि ४ हजारभन्दा बढी, पदाधिकारी छान्न १,३४१ ले मात्र हाले भोट

काठमाडौँ — रास्वपा महाधिवेशनले नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेको छ । तर महाधिवेशन लम्बिँदा धेरै प्रतिनिधि भोटै नहाली घर फर्किएको पाइएको छ ।

रास्वपाको पहिलो महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका थिए । बन्दसत्र र निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि अधिकांश प्रतिनिधि घर फर्किएका थिए ।

रास्वपाले असार ७ देखि ९ गतेलाई महाधिवेशन मिति तोकेको थियो । तर ३ दिन ढिलागरी शुक्रबार मात्र उसले महाधिवेशन सकेको हो । जिल्लाबाट चुनिएर आउनुपर्ने प्रतिनिधि नै महाधिवेशनस्थल भरतपुरबाट छानिएको थियो । प्रतिनिधि टुंग्याउने विवादले नै रास्वपाको बन्दसत्र समयमा सुरु हुन सकेको थिएन ।

प्रवासमा १७० सहित रास्वपाका कुल महाधिवेशन प्रतिनिधि ४ हजार १९ थिए । तर पदाधिकारीका लागि भएको चुनावमा १ हजार ३ सय ४१ ले मात्र मतदान गरे ।